आगलागी र डढेलोबाट नागरिकलाई जोगाउन मानव अधिकार आयोगको आग्रह

 बैशाख १७, २०८१ सोमबार १८:१६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले आज विज्ञप्ति निकालेर देशका विभिन्न ठाउँमा आगलागी र डढेलोबाट जनधनको क्षति भएकाले सचेत हुन सरकारलाई आग्रह गरेको हो । आयोगले विज्ञप्तिमा आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्वतयारी, सुरक्षा, प्रतिकार्यलगायतका विषयमा उचित व्यवस्था गर्न आग्रह गरेको छ ।

आयोगले यही वैशाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका– ६ मा आगलागी हुँदा सुरक्षाकर्मी, स्थानीयवासी पूर्वतयारी तथा पर्याप्त सुरक्षा उपकरणविना आगलागी नियन्त्रणमा परिचालित हुँदा बढी क्षति भएको जनाएको छ । त्यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू निकै कम र भएका पनि शहर केन्द्रित देखिएको आयोगको निष्कर्ष छ ।

यसैबीच वैशाख शुरु भएपछि मात्रै आगलागीमा नाै जना र डढेलोमा दुई जना गरी ११ जनाको जलेर ज्यान गइसकेको छ । यस्तै ५४ जना घाइते भएका छन् । आगलागीबाट आठ सय ९६ वटा घरमा क्षति पुग्दा २५ करोड २० लाख रुपैयाँभन्दा धेरैको क्षति भइसकेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया