चीनले सबै विद्यालयमा दुर्व्यवहारविरुद्ध अभियान शुरु गर्ने

 बैशाख १८, २०८१ मंगलबार ६:४१:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले राष्ट्रव्यापी रुपमा विद्यालयमा दुर्व्यवहारविरुद्ध अभियान शुरु गर्ने भएको छ । त्यहाँका प्राथमिक, माध्यमिक विद्यालय र किन्डरगार्टेनहरूमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विभिन्न प्रयास भइरहेकामा अब दुर्व्यवहार विरोधी अभियान शुरु गरिने चिनियाँ अधिकारीहरूले बताएका छन् ।

शिक्षा तथा सार्वजनिक सुरक्षा मन्त्रालयका साथै अग्नि तथा उद्धार प्रशासनको संयुक्त बैठकले सबै प्राथमिक र माध्यमिक विद्यालयमा दुर्व्यवहारका घटनामा केन्द्रित भएर शुरुमा बृहत् अनुसन्धान गरिने जनाएको छ । बैठकले जवाफदेहिता प्रणालीमा सुधारका लागि पहल गर्नुका साथै कानूनको शासनबारे शिक्षक, विद्यार्थी र अभिभावकलाई सचेत गराउनु पर्नेमा जोड दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बैठकले विद्यार्थीको मानसिक स्वास्थ्य अनुगमनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको खबरमा उल्लेख छ । यस्तै बैठकले बालबालिकालाई अनिवार्य शिक्षामा गृहकार्य र विद्यालय बाहिरको ट्युसन कक्षाको बोझलाई कम गर्न ठोस कदम चाल्न आह्वान गरेको छ ।

विशेषगरी ग्रामीण तथा आवासीय विद्यालयमा विद्यालय भवनको सुरक्षा, आगलागी रोकथाम र खाद्य सुरक्षालाई सुनिश्चित गर्नका लागि आवश्यक कदम चाल्ने गरी सुरक्षा उपायहरू सुधार गर्न प्रयास गरिने बैठकले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया