आईपीएल क्रिकेटमा आज लखनउ र मुम्बई खेल्दै

 बैशाख १८, २०८१ मंगलबार ९:५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्ठौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । नौ खेलमा पाँच खेल जितेको लखनउ १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । नौ वटै खेल खेलेको मुम्बई भने तीन वटा मात्रै खेल जितेर नवौँ स्थानमा छ ।

आइपीएलमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।

९ खेलमा ६ खेल जितेको कोलकाता १२ अङ्कसहित दोस्रो स्थानमा छ । ११ खेल खेलेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया