डढेलो र आगलागीका घटना हुन नदिन आवश्यक सावधानी अपनाउन प्रहरीको १२ बुँदे अनुरोध

 बैशाख १८, २०८१ मंगलबार १८:१०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुक्खा समयमा डढेलो र आगलागीबाट जनधनको क्षति धेरै हुने भएकाले प्रहरीले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई १२ बुँदे अनुरोध गरेको छ ।

मुख्यगरी चैत, वैशाख र जेठ महिनामा मौसम सुक्खा हुने, हावाहुरी चल्ने भएकाले यस बेला डढेलो र आगलागी भइहालेमा क्षति हुने भएकाले त्यसतर्फ सावधानी अपनाउन अपिल गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले बताउनुभयो ।

उपत्यका प्रहरीले आगोजन्य वस्तु सलाई, लाइटर, ग्यास सिलिन्डर र चुल्हो बालबालिकाबाट टाढै राख्न, सावधानीपूर्वक प्रयोग गर्न तथा काम सकिएपछि आगो निभाउन र अन्य वस्तु सुरक्षित रुपमा राख्न अनुरोध गरेको हो । यस्तै आगलागी वा धुँवा भएको ठाउँबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर निस्कन, ग्यास सिलिन्डरमा आगो लागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिन्डरलाई घ्वाप्प छोप्न र ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए/नभएको यकिन गरेर मात्र प्रयोग गर्न पनि प्रहरीको आग्रह छ ।

गाईवस्तु चरनका लागि राम्रो हुन्छ भनी वनमा डढेलो लगाउने काम नगर्न, वनमा बालेको आगो र चुरोटको ठुटो पूर्णरूपमा निभाउन प्रहरीले सचेत गराएको छ । प्रहरीले आगालागी भएको जानकारी हुनासाथ कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराउन अनुरोध गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया