गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासकाे आग्रह

 बैशाख १९, २०८१ बुधबार ९:४:२१ | रासस
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानको इस्लामावादमा रहेको नेपाली राजदूतावासले गैरकानुनी बाटो हुँदै किर्गिस्तानमा रोजगारीका लागि नजान आग्रह गरेको छ । रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली नागरिक ठगीएको तथा त्यहाँ पुगेकाहरू अलपत्र परेको जानकारी प्राप्त भएकाले कानुनी बाटोबाट मात्रै रोजगारीमा जान दूतावासको अनुरोध छ ।

दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गिस्तानको बाटो प्रयोग गरी अन्य देशमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको समेत जनाएको छ । अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएको दूतावासले निकालेको सूचनामा उल्लेख छ ।

ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्न सूचनामार्फत् अनुरोध गरिएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया