आईपीएलमा आज चेन्नई र पञ्जाब खेल्दै

 बैशाख १९, २०८१ बुधबार १२:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्स खेल्दैछन् । चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

आईपीएलको यो सिजनमा चेन्नईले अहिलेसम्म ९ खेलमा ५ जित र ४ हारसहित १० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । पञ्जाब ९ खेलमा ३ जित र ६ हारसहित ६ अङ्कका साथ आठौँ स्थानमा छ ।

आईपीएल क्रिकेटको साविक विजेता टोली चेन्नई सर्वाधिक सफलमध्येको एक टोली हो । उसले ५ पटक उपाधि जितेको छ । पञ्जाब किङ्ग्स सन् २०१४ मा उपविजेता बनेको थियो । उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया