अत्यधिक गर्मीका कारण बुटवलमा दुई दिन विद्यालय बन्द

 बैशाख २०, २०८१ बिहिबार १२:२८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – अत्यधिक गर्मीसँगै तातो हावा चल्न थालेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले केही दिनदेखि चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उपमहानगरले सूचना निकालेर यस क्षेत्रमा पर्ने सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न  निर्देशन दिएको हो । बुटवलमा बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेकाले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्ने भनेर अभिभावकले आग्रह गरेपछि दुई दिन बन्द गर्ने निर्णय गरेको खनालले बताउनुभयो ।

बुटवल–भैरहवा क्षेत्रमा पछिल्लो एक हप्ताको तापक्रम ३८ देखि ४३ डिग्रीसम्म मापन भएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया