आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी, विभिन्न देशका भिक्षु तथा विज्ञकाे सहभागी हुने

 बैशाख २२, २०८१ शनिबार १०:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी शुरु भएको छ ।  लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा हुने गोष्ठीमा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नु हुने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको बौद्ध अध्ययन सङ्कायका डीन डा.माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।

विश्वभरका मानिसहरु वातावरणीय सङ्कट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नु पर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको डीन शाक्यले बताउनुभयो ।

बुद्ध जन्मस्थलमा आयोजित गोष्ठीमा नेपालसहित श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, पोर्चुगल, फान्सलगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुतगर्नुहुने जनाइएको छ ।

गोष्ठीमा बौद्ध शिक्षाको महत्व, लुम्बिनीसहितका बौद्ध स्थलहरुको संरक्षण र विकास तथा बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सम्बन्धमा छलफल र बहस हुनेछ । गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा समूहगत छलफल समेत गरिने जनाइएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया