वेस्ट इन्डिज 'ए' ले दियो नेपाललाई १७३ रनको लक्ष्य

 बैशाख २२, २०८१ शनिबार १४:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा वेस्ट इन्डिज 'ए' ले नेपाललाई एक सय ७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज 'ए' ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनायो ।

उसका लागि कप्तान रोस्टन चेसले ३३ र एलिक एथेनाजले अविजित ४२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । अविनाश बोहोराले एक विकेट लिए ।

पाँच खेलको शृङ्खला यसअघि नै वेस्ट इन्डिज 'ए' ३–१ ले जितिसकेको छ । अस्ति भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई चार विकेटले हराएको थियो ।

त्यसपछि दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भयो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो बिदाइ गरिएको छ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज 'ए' सँग पाँच खेलको शृङ्खला खेलेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।

अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ । टी–२० विश्वकपमा नेपाल समूह 'ए' मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया