छोटो समयमै उपभोक्ताको रोजाइमा पर्‍याे बागलुङको कोदोको बिस्कुट

 बैशाख २२, २०८१ शनिबार १८:२५:३१ | रासस
unn.prixa.net

तस्बिर : रासस

बागलुङ – बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन शुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा पर्न थालेको छ । उत्पादन शुरु गर्नु भएको तीन महिनामै बजारबाट धान्नै नसक्ने माग आउन थालेको उत्पादक काठेखोला गाउँपालिका– ८ लेखानी कादेशका चानसिंह श्रीसले बताउनुभयो ।

उद्योगमा दैनिक एक हजार पाँच सय थान बिस्कुट उत्पादन गर्ने क्षमता रहेको तर माग १५ हजार थान रहेको उहाँले बताउनुभयो । अहिले आधुनिक मेसिन खरिद प्रक्रियामा रहेको र मेसिन प्राप्त भएपछिटोछिटो  माग धान्न सक्ने उद्योगी चानसिंह श्रीसले बताउनुभयो ।

उहाँले ७० ग्रामको विस्कुट २० रुपैयाँमा बेचिरहनुभएको छ । उहाँले उत्पादन गर्ने बिस्कुटलाई नेपाल सरकारले गुणस्तरको चिह्नसमेत प्रदान गरिसकेको छ । श्रीसले घरेलु उद्योग फस्टाउन थालेपछि पाँच जनालाई प्रत्यक्ष रोजगारीसमेत दिनुभएको छ ।   

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया