आईपीएल क्रिकेट : पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता खेल्दै

 बैशाख २३, २०८१ आइतबार १०:१६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा पञ्जाब किंग्स र चेन्नई सुपर किंग्स नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल्दैछन् । साविक विजेता तथा आईपीएल क्रिकेटको सर्वाधिक सफलमध्येको टोली चेन्नई यो सिजन १० खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । समान १० खेल नै खेलेको पञ्जाब ८ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ ।

आजको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । अहिलेसम्म खेलेका १० खेलमा १४ अङ्कका साथ कोलकाता तालिकाको दोस्रोे स्थानमा छ । समान १० खेल खेलेको लखनउ १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

यसअघि हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई ४ विकेटले हराएको थियो । जितसँगै बेंगलुरु ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा उक्लेको छ । गुजरात नवौँ स्थानमा छ । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया