सिरहामा दुई चरणमा सीमा नाका बन्द हुने

 बैशाख २३, २०८१ आइतबार १२:५२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको विहार राज्यमा हुने लोकसभा चुनावका कारण सिरहाको नेपाल–भारत सीमानाका दुई चरणमा बन्द हुने भएको छ । विहारको मधुवनी जिल्लामा पर्सि मङ्गलवार र जेठ ७ गते गरी दुई चरणमा चुनाव हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार चुनावको ७२ घण्टा पहिला सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणका लागि आज मध्यरातिदेखि पर्सि मङ्गलवारसम्म र त्यसैगरी दोस्रो चरणका लागि जेठ ४ गते मध्यरातिदेखि जेठ ७ गते मध्यरातसम्म बन्द गरिने भएको हो ।

निर्णयअनुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडर नाका बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताउनुभयो ।     

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया