अशोक राईको नेतृत्वमा नयाँ जसपा गठन प्रक्रिया शुरु

 बैशाख २४, २०८१ सोमबार ७:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएको समूहले अशोक राईको नेतृत्वमा नयाँ पार्टी गठन प्रक्रिया शुरु गरेको छ । हिजो विभाजित भएर बनेको जनता समाजवादी पार्टी जसपामा ३१ सदस्य कार्यसमिति गठन गर्ने तयारी छ ।

पार्टीको सङ्घीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ र केन्द्रीय अध्यक्षमा अशोक राई रहनेछन् । यस्तै पार्टीको सहअध्यक्षमा रेणु यादव तथा उपाध्यक्षहरुमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ हुनेछन् । महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतोलाई तोक्न लागिएको छ ।

विभाजित पार्टीमा सङ्घीय संसदका ७ जना सांसद छन् ।  वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पनि नयाँ पार्टीमा छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टी विभाजन भएको हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया