मैत्रीपूर्ण फुटबलमा आज राति नेपाल र इङ्ग्ल्यान्ड 'सी' खेल्दै

 बैशाख २४, २०८१ सोमबार १५:३४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्डको ‘सी’ टोलीबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल आज राति हुँदैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे एल्डरशटमा रहेको ईबीबी स्टेडियममा हुनेछ ।

यसअघि गएको शुक्रवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले गोलरहित बराबरी खेलेको थियो । एल्डरशटमा रहेको मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।

दुई वटा मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली इङ्ग्ल्यान्ड गएको हो ।

यस्ताे छ नेपाली टाेली–

गाेलकिपर : किरण चेम्जाेङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर : छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, साैभाग्य राई, याेगेश गुरुङ, राेहित चन्द

मिडफिल्डर : फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लकेन लिम्बु

फर्वार्ड : दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया