नेपालमा 'इनड्राइभ' काे औपचारिक सेवा सुरु, राइडरबाट १० प्रतिशत कमिसन लिने

 बैशाख २४, २०८१ सोमबार १८:५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राइड शेयरिङ एप 'इनड्राइभ' ले आजदेखि नेपालमा औपचारिक रूपमा सेवा शुरु गरेको छ ।

आज काठमाण्डाैमा आयाेजित एक कार्यक्रममा 'इनड्राइभ' नेपालकी निर्देशक रीता पोखरेलले आधिकारिक रूपमा सेवा सुरु भएको जानकारी दिनुभयो । उहाँले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताउनुभयो । अब 'राइडर' ले सेवा उपयोग गरेबापत कम्पनीले १० प्रतिशत कमिसन अर्थात् सेवा शुल्क लिने निर्देशक पाेखरेलले जानकारी दिनुभयो । 

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । अहिले काठमाण्डाै, पोखरा, भरतपुरमा सेवा उपलब्ध हुने र आउँदा दिनमा अन्य शहरमा पनि विस्तार हुने कम्पनीले जनाएकाे छ ।

'इनड्राइभ' ले राइड शेयरिङ बाहेक कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया