प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग ४ गोलले पराजित

 बैशाख २५, २०८१ मंगलबार ७:९:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० गोलको अन्तरले हारेको हो । क्रिस्टल प्यालेसका माइकल ओलिसेले खेलको १२ औँ र ६६ औँ  मिनेटमा गोल गरे ।

त्यस्तै खेलको ४० औँ मिनेटमा जेन फिलिप मटेटाले र ५८ औँ मिनेटमा टेरिक मिट्चेलले एक÷एक गोल गरेका थिए । लिगमा म्यानचेस्टर युनाइटेड ३५ खेलमा ५४ अङ्कसहित आठौँ स्थानमा छ । क्रिस्टल प्यालेस ३६ खेलबाट ४३ अङ्क जोडेर १४ औँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया