अमेरिका भ्रमण छोट्याएर जसपा अध्यक्ष एवम् स्वास्थ्यमन्त्री यादव स्वदेश फिर्ता

 बैशाख २५, २०८१ मंगलबार १०:३८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किनुभएको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा भाग लिन उहाँ गएको शनिवार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

न्युयोर्कमा मन्त्री यादवले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । तर उहाँ विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि भ्रमण छोट्याएर गएराति कतार एयरवेजको जहाजबाट स्वदेश फर्कनुभएको हो ।

प्रतिनिधिसभामा रहेका पार्टीका १२ मध्ये ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरमा राईले नयाँ पार्टी जसपा निर्वाचन आयोगमा दर्ता गराउनुभएको छ । अब यादवसँग प्रतिनिधिसभामा ५ जनामात्रै सांसद छन् । यादवले संसदीय दलको बैठक समेत बोलाउनुभएको छ । बैठकमा पार्टी विभाजनपछिको अवस्था, सरकारलाई दिएको समर्थन तथा भावी रणनीतिबारे आवश्यक छलफल गर्ने तयारी छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया