आगाे निभाउन खटिने कर्मचारीलाई रेसुङ्गा नगरपालिकाकाे सम्मान

 बैशाख २५, २०८१ मंगलबार १८:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीमा आगलागी निभाउन खटिने दमकल चालकलाई सम्मान गरिएको छ । रेसुङ्गा नगरपालिकाले आगलागी निभाउन खटिने दमकल चालक कमल पन्थीसहितका कर्मचारीलाई नगदसहित सम्मान गरेको हो ।

नगर स्थापना दिवसका अवसरमा मेयर खिलध्वज पन्थी र नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्र भण्डारीले दमकल चालक पन्थीलाई २० हजार रुपैयाँसहित सम्मान गर्नुभयाे । यस्तै आगलागी निभाउन खटिने प्रेमबहादुर मगर, वसन्त बस्नेत, जीवन पाण्डे र कृष्णबहादुर थापालाई १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

गुल्मीका १२ वटा पालिकामध्ये रेसुङ्गा नगरपालिकामा मात्र एउटा दमकल रहेको छ । रेसुङ्गाको दमकलले आफ्नाे क्षेत्रसहित गुल्मीदरबार, इस्मा, छत्रकोट, धुर्कोट लगायतका पालिकामा पुगेर आगलागी निभाउँदै आएको छ ।

गुल्मीमा तीन हप्ताकाे अवधिमा आगलागीका कारण एक सय ५० भन्दा बढी घरगोठ जलेर नष्ट हुनुका साथै तीन हजार हेक्टरभन्दा बढी वन क्षेत्रमा डढेलाे लागेकाे छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया