पार्टी विभाजनविरुद्ध अदालत जाने उपेन्द्र यादवको तयारी, सरकारलाई समर्थन कायमै

 बैशाख २६, २०८१ बुधबार १५:४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ ।

आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले पार्टी विभाजन गैरकानुनी, असंवैधानिक हुँदाहुँदै निर्वाचन आयोगले रातारात दल दर्ता गरेको भन्दै त्यसविरुद्ध अदालत जाने बताउनुभएको हो । पार्टी नेता अशोक राईले व्यक्तिगत स्वार्थका लागि सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाे यादवको आरोप छ ।

उहाँले भन्नुभयाे, ‘गैरकानुनी, असंवैधानिक तरिकाबाट रातारात पार्टी दर्ता गरेको घोषणा गरियो । नेपालको इतिहासमा यति छिटो प्रमाणपत्र दर्ता गरेको पहिलो चोटि हो । त्यसमा कुनै वैचारिक आधार छैन । सैद्धान्तिक आधार छैन । याेविरुद्ध हामी अदालतमा जान्छाैँ ।’

अध्यक्ष यादवले जसपा नेपालले वर्तमान सरकार ढालेर नेपाली कांग्रेसकाे नेतृत्वमा अर्को सरकार बनाउन लागेको भन्ने भनाइ कपोलकल्पित, आधारहीन र प्रायोजित ढङ्गले चलाइएको अफवाह भएको बताउनुभयो । उहाँले सरकारलाई दिएको समर्थन यथावत् रहेको पनि उल्लेख गर्नुभयाे ।

यादवले भन्नुभयाे, ‘सरकारमा नै रहेका केही साथीहरूले, केही पार्टीका नेताहरूले जसपा नेपालले सरकार ढालेर अर्को सरकार बनाउँदैछ भन्ने कपोलकल्पित, कुनै आधार नभएका प्रायोजित ढङ्गले चलाइएको अफवाह थियो । त्यस किसिमको कुनै प्रयास पनि थिएन, आवश्यकता पनि थिएन । जसपा नेपाल अहिले पनि वर्तमान सरकारलाई समर्थन गर्छ ।’

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया