विरोधीहरूले नेकपा एकीकृत समाजवादी फुट्ने हल्ला चलाए : झलनाथ खनाल

 बैशाख २६, २०८१ बुधबार १५:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्दैछ भनेर सुनियोजित रूपमा हल्ला चलाइएको दाबी गर्नुभएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएपछि एकीकृत समाजवादी पनि फुट्न लागेको चर्चाकाबीच नेता खनालेले प्रष्टीकरण दिनुभएको हो । उहाँले विज्ञप्ति निकालेर विरोधीहरूले झुटो हल्ला फैलाएका बताउनुभएको छ ।

उहाँले भन्नुभएकाे छ, ‘छ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीव्र रूपले फैलाइएकाे छ । केही अवाञ्छित, स्वार्थी र कम्युनिस्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । यसले पार्टीभित्र एउटा भ्रमको कुहिरो फैलाइदिएकाे छ ।’

नेता खनालले पार्टी विभाजन हुन लागेकाे भन्ने कुरा हल्लामात्र भएकाे भन्दै पार्टी महाधिवेशनलाई भव्यताका साथ बनाउन लागिपर्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभएकाे छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया