बालमन्दिर जग्गा हिनामिना प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

 बैशाख २७, २०८१ बिहिबार १५:१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सीआईबीले जिल्ला अदालत काठमाण्डाैबाट नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति लिएर पुर्जी जारी गरेको हो ।

२०४९ सालदेखि २५ वर्षसम्म बाल सङ्गठनको अध्यक्ष रहँदा रीता वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवम् कर्मचारीको मिलेमतोमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएको सीआईबीले जनाएको छ । पहिले ५९ वर्षका लागि बालमन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिएको र त्यो जग्गा हिनामिना भइरहेको पाइएको छ ।

बालमन्दिरको जग्गा बृहस्पतिलाई भाडामा दिँदा प्रतिस्पर्धा नै गराइएको थिएन । पहिले भएको सम्झौताको म्याद २०८८ सालसम्म थियो । तर म्याद सकिन १६ वर्षअघि नै २०७२ सालत जेठ २१ गते सङ्गठनले थप ४३ वर्ष बृहस्पतिलाई नै दिने सम्झौता गरेको थियो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया