बेलायतमा जन्मजातै कान नसुन्ने एक बालिकाको उपचार सफल

 बैशाख २७, २०८१ बिहिबार १५:३४:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । 'ग्राउन्डब्रेकिङ जिन थेरापी' नामको उपचारपछि बालिकाले कान सुन्न थालेको र बहिरोपनको उपचारमा यो ऐतिहासिक उपलब्धि भएको बीबीसीले जनाएको छ ।

ओपल स्यान्डी नाम गरेकी बालिकालाई जन्मिएको एक वर्ष पुग्नै लाग्दा उपचार गरिएको थियो । उपचार गरेको छ महिनापछि उनले नरम आवाजहरू मात्र सुन्ने गरेकोमा अहिले पूरै सुन्न थालेको खबरमा उल्लेख छ । चीनलगायत अन्य देशका डाक्टरहरूले पनि ओपलको जिन थेरापी जस्तै समान उपचार पद्धतिकाे खोजी गरिरहेका छन् ।

उपचार सम्भव भएकी बालिका ओपलका आमाबुबाले यो उपचार पहलो पटक आफ्नी छोरीमा परीक्षण गर्दा शुरुमा डर लागेको तर अहिले भने चामत्कारिक नतिजा आएको भन्दै खुशी व्यक्त गरेका छन् ।

डाक्टरहरूले जिन थेरापीको उपचार सफल हुनु निकै उत्साहको खबर भएको र जन्मजात कान नसुन्ने अरू बालबालिकामा पनि उपचार शुरु गर्नुपर्ने बताएका छन् । यस्तो उपचार बालबालिका तीन वर्ष नपुग्दै मात्र गर्न सकिने डाक्टरहरूले बताएका छन् ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया