रफाह अस्पताल थप ३ दिनमात्र चल्न सक्ने डब्ल्यूएचओ प्रमुखको चेतावनी

 बैशाख २७, २०८१ बिहिबार १८:२७:११ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले इन्धनको घट्दो आपूर्तिका कारण प्यालेस्टिनी शहरको रफाह अस्पताल थप तीन दिनमात्र चल्न सक्ने चेतावनी दिनुभएको छ ।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा एक भिडियो राख्दै उहाँले बुधवार रफाह क्रसिङ हुँदै गाजामा आइपुग्ने अपेक्षा गरेको इन्धन इजरायलले आउन नदिएको बताउनुभयो । अस्पतालमा इन्धन सकिएमा सयौँ बिरामीको ज्यान जान सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

अमेरिकासहित विश्वका धेरै देशको आग्रह बेवास्ता गर्दै इजरायलले अहिले रफाहमा भीषण हमला गरिरहेको छ । गएको सोमवार राति पूर्वी रफाहका एक लाख जना शरणार्थीलाई शहर छाड्न उर्दी जारी गरेको इजायलले अहिले रफाह ध्वस्त बनाइरहेको छ ।

गाजा ध्वस्त भएपछि झन्डै १५ लाख जना प्यालेस्टिनी रफाहमा रहेका छन् । रफाहमा आक्रमण गर्दा ठूलो मानवीय क्षति हुने भन्दै अमेरिकासहितका देशले इजरायललाई सचेत गराएका छन् । इजरायलले अटेरी गरेपछि अमेरिकाले इजरायललाई दिने बम र हतियारमा कटौती गरेको छ, केहीको आपूर्ति रोक्का गरिदिएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया