आईपीएल क्रिकेटमा बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो, प्लेअफको सम्भावना कायमै

 बैशाख २८, २०८१ शुक्रबार ६:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ । जितसँगै बेंगलुरुले प्लेअफको सम्भावनालाई कायमै राखेको छ । गएराति धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । उसका विराट कोहलीले सर्वाधिक ९२ रन बनाए ।

त्यस्तै रजत पटिदारले ५५ रन जोडे । जितका लागि दुई सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा एक ८१ रनमा समेटियो । पञ्जाबका राईली रुस्सोले सर्वाधिक ६१ रन बनाए । अङ्क तालिकामा १२ खेलमा १० अङ्कसहित बेंगलुरु सातौँ स्थानमा छ । पराजित पञ्जाब १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा झरेको छ ।

आईपीएल क्रिकेटमा आज गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन् । यो खेल अहमदावादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया