मुनराेले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

 बैशाख २८, २०८१ शुक्रबार १५:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – न्युजिल्यान्डका क्रिकेटर कोलिन मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोलीमा नपरेपछि मुनरोले सन्न्यासको घोषणा गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

मुनरोले सन् २०२० यता न्युजिल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि टी–२० विश्वकपका लागि आफू तयार रहेको बताएका थिए । न्युजिल्यान्ड क्रिकेट टिमका प्रशिक्षक ग्रे स्टेडले टी–२० विश्वकपका लागि टोली घोषणाको समय मुनरोको बारेमा चर्चा गरेको तर अनुभवी बाया हाते ब्याटरका लागि टोलीमा कुनै ठाउँ नभएको बताएका खबरमा उल्लेख छ ।

३७ वर्षीय कोलिन मुनरोले न्युजिल्यान्डबाट ५७ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै दुई हजार नौ सय ९५ रन बनाएका छन् । उनले टी–२० क्रिकेटमा तीन शतक र ११ अर्धशतक तथा एकदिवसीय क्रिकेटमा आठ शतक बनाएका छन् ।

मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबा सन्न्यास लिए पनि फ्रेन्चाइजी क्रिकेट भने खेल्नेछन् । मुनरोले ब्ल्याक क्याप्सका लागि खेल्नु आफ्ना लागि खेल जीवनकै सबैभन्दा ठूलो उपलब्धि रहेको बताएका छन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया