झापामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

 जेठ ३, २०८१ बिहीबार १२:४९:१३ | रासस
unn.prixa.net

काठमाण्डौ – आन्तरिक राजस्व कार्यालय झापाले चालु आर्थिक वर्षको दश महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेकाअनुसार चालु आार्थिक वर्षकाे साउनदेखि वैशाख मसान्तसम्ममा आयकरबापत एक अर्ब २१ करोड ११ लाख ८० हजार, अन्तःशुल्कबापत ३१ करोड ९७ लाख ६४ हजार र मूल्य अभिवृद्धि करबापत ८४ करोड ७६ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा ५१ करोड २३ लाख ५७ हजार रुपैयाँ कम सङ्कलन भएको छ । उद्योग–व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कार्यालयका प्रमुख काफ्लेले बताउनुभयो ।

झापामा ठूला करदाता मित्तल, मनसा र सन्राइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन् भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व सङ्कलनको लक्ष्य प्रभावित भएको हाे ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया