कुम्भकर्ण हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन
कात्तिक १५, २०८१ बिहिबार
सप्तरी – सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीमा सूर्योदयसँगै शुक्रबार हजारौँ नवधामी/झाँक्रीको घुइँचो लागेको छ ।
हजारौं स्त्री–पुरुष दुवै पट्टिका नदीका किनारमा 'भगता' (देउता) खेलिरहेका थिए भने प्रत्येक भगतासँग समूहमा रहेका व्यक्तिहरुले भगतालाई प्रश्न गर्नुको साथै गीत (भगैत) गाउनमा व्यस्त रहेका थिए ।
शुक्रबार बिहानैदेखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी/झाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए ।
आफ्नो तन्त्रमन्त्रलाई सिद्ध गर्नका लागि उनीहरु पूर्णिमाको अवसरमा कमला नदीमा डुबुल्की मार्न आएका हुन् । नदीमा धामीझाँक्री आफ्नो तन्त्रमन्त्र सिद्ध गर्न कर्कश स्वरमा चिच्याउँदै गोसाई (देउता) खेल्दै गरेको देखिन्थ्यो ।
शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका गर्न भन्दै कात्तिक पूर्णिमा स्नान गर्न नवधामीझाँक्री तथा बोक्साबोक्सीहरु स्नानका लागि प्रत्येक वर्ष आउने गरेको स्थानीयवासी बताउँछन् ।
‘झण्डै ८ वर्षदेखि यसरी नै पूर्णिमाको दिन स्नान गर्छु’, झाक्री झबु गोइतले भन्नुभयो, ‘स्नानले मनमा शान्ति, घरपरिवार सुखी राख्नुको साथै देवीदेवताले रक्षा गर्छन्, भूत प्रेत लागेको भए हट्ने र दुखकष्ट कमलामा बग्ने मान्यता भएका कारण प्रत्येक वर्ष यसरी नै स्नान गर्ने गरिएको छ ।’
आजको दिन स्नान गर्नाले देवी देवताको बन्धन हुने, घरपरिवार, सन्तान सुखी रहने र 'भूतप्रेत' निको हुने विश्वास रहेको धामी झाँक्रीहरुको भनाई छ । कात्तिक पूर्णिमाका दिन कमला–गंगालगायतका पवित्र नदीमा नयाँ भगता अर्थात नवधामीझाँक्रीको जीउमाथि प्रथम पटक देउताको बास स्थायी हुने र भगताको गुण तथा तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ ।
विजया दशमीको आगमनसँगै धामीझाँक्री सक्रिय हुने उनीहरु बताउँछन् । उनीहरुका लागि असोजको औंसीको दिन तन्त्र सिद्धिका लागि सर्वाेत्तम दिन मानिन्छ । उनीहरुले देवीदेवताको बास स्थायी होस् भनेर आ–आफनो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको बिहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन् ।
सिरहाको साथै महोत्तरी, धनुषा, सर्लाही, सप्तरी, बारा, पर्सा, सुनसरी, मोरङ र सीमावर्ती भारतबाट हजारौं धामी झाँक्री लावालस्करका साथ काम्दै उफ्रदै घण्टौ–घण्टाको बाटो पैदल गएर स्थान र तन्त्रमन्त्र गरेको दृश्य देखिन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।