देश निर्माणमा सहभागी हुन सबैलाई प्रधानमन्त्री ओलीको आग्रह

 मंसिर १०, २०७५ सोमबार १८:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा सहभागी हुन सबैलाई पुनः आह्वान गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले सरकारको एक्लो प्रयासले मात्रै देश बनाउन नसकिने पनि स्पष्ट पार्नुभयो । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले देशको आर्थिक विकासमा सक्दो योगदान दिन उद्योगीहरुलाई पनि आग्रह गर्नुभयो । 

प्रधानमन्त्री ओलीले सरकारले देशमा आर्थिक उन्नतिका लागि सुशासन र आर्थिक विकासमा जोड दिएको पनि दोहोर्‍याउनुभयो । उहाँले आर्थिक उन्नतिकै लागि सरकारले सबै नागरिकलाई उत्तिकै सम्मान, सुरक्षा र अवसरको प्रत्याभूति गराउने प्रयोस गरिरहेको दावीसमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देशलाई छिट्टै उच्च आर्थिक वृद्धिदर भएको देश बनाउने सकिने महत्वकांक्षी योजना पनि सार्वजनिक गर्नुभयो । देशमा रहेको खानी, फलाम, पानीलगायतका प्राकृतिक स्रोतहरुको उचित परिचालन गरेर देशलाई छिट्टै उच्च आर्थिक वृद्धिदर भएको देशमा परिणत गर्न सक्ने प्रधानमन्त्री ओलीको योजना छ । तर त्यसका लागि हरेकले एक कदम अघि बढेर काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले सरकारले देशको आर्थिक उन्नतिका लागि निजी क्षेत्र र सहकारिताको अवधारणालाई अघि सारेको पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले देशको आर्थिक उन्नतिका लागि सरकारले सुशासनको बाटोलाई अवलम्बन गरेर अघि बढिरहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया