विदेशबाट फर्केर बाख्रापालनमा गरेका डाँगी भन्छन् : अनुदान होइन, सरकारले बजार व्यवस्थापन गरिदिए हुन्थ्यो

 मंसिर १५, २०७५ शनिबार १३:५४:१७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – झण्डै ८ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया बस्नुभएका गंगादेव गाउँपालिका–३, नावली रोल्पाका हुकुमबहादुर डाँगीले बाख्रापालन व्यवसाय सुरु गरेको ३ वर्ष भयो ।

८ वटा बाख्राबाट व्यवसाय सुरु गरेका डाँगीसँग अहिले १ सय ५० भन्दा बढी बाख्रा छन् । अहिलेसम्म कतैबाट सहयोग नलिएका डाँगीले ३० लाखभन्दा बढी लगानी गरी सक्नुभएको छ ।

व्यवसाय त सुरु गरे पनि तर उत्पादन भएका खसीबोका कहाँ पुर्‍याउने भन्ने बारेमा थाहा नहुँदा बजार व्यवस्थापनमा समस्या हुने हो कि भन्ने उहाँलाई चिन्ता छ । स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने उहाँको माग रहेको छ ।

डाँगी मात्र होइन स्वदेशमै बेरोजगार बसेका युवा हुन् या वैदेशिक रोजगारीबाट फर्केका पछिल्लो समय रोल्पामा व्यावसायिक बाख्रापालन गर्नेहरुको संख्या बढ्दै गएको छ । बोयर, खरी, जमुना पारी, बाबरी तथा लोकल जातका बाख्रा पालन गरेका यहाँका किसानले एकै चोटी धेरै उत्पादन गर्दा बजार व्यवस्थापन गर्न समस्या हुन्छ कि भन्ने चिन्ता छ ।

बिचौलीयाका कारण उचित मूल्य नपाइने हो कि भन्ने चिन्ता किसानहरुको भएकाले यसमा स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया