आम्दानीको स्रोत बन्यो बाँसका विरुवा

 मंसिर २१, २०७५ शुक्रबार ८:४४:५३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – बाँस खेतीबाट राम्रो आम्दानी हुने भएपछि अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ रतवलाका रमानन्द लेखीले व्यवसायिक रुपमा नै बाँस खेती सुरु गर्नु भएको छ । फलफूल तरकारी तथा अन्य बालीको तुलनामा कम लगानी लाग्ने र बढी प्रतिफल हुने भएकाले उहाँले बाँस खेती सुरु गरेको बताउनुभयो । 

पछिल्लो समयमा भवन निर्माणको काममा पनि बाँसको प्रयोग बढेको छ । उहाँले बाँसको नर्सरी लगाउन सुरु गरेको ६ महिना भयो । उहाँले ३ सय ५० बाँसको विरुवा १ सय ५० रुपैयाँको दरले बिक्री गरेको पनि बताउनुभयो । एक विगाहा क्षेत्रफलमा लेखीले लगाएको बाँस बगैंचामा मलबाँस, कटबाँस, धनुबाँस, भालुबाँस, ताप्केबाँस र तारुबाँसजस्ता विभिन्न प्रजातीको बाँसहरु रहेका छन् । 

बाँसको विरुवाको माग दैनिक बढ्दो छ । सप्तरी जिल्ला बाहेक अन्य जिल्लाबाट पनि बाँसका विरुवा लिन आउने गरेको उहाँले जानकारी दिनुभयो । तर उहाँले विरुवा बेच्नकै लागि लगाउनुभएको बाँसको नर्सरी थोरै भएकाले माग धान्न नसकेको बताउनुभयो । 

लेखी आफैँले बाँस खेती गरेको अनुभव सुनाउँदै भन्नुहुन्छ ‘बाँस खेती निकै सजिलो छ । सुरुका दिनहरुमा अलि स्याहार गरे हुन्छ । धेरै मिहिनेत पनि गर्नुपर्दैन ।’ पछिल्लो समयमा बाँसको बजार बृद्धिभएसँगै यसको मूल्यमा पनि वृद्धि आएको छ । विभिन्न किसिमका हस्तकलाका सामग्री, निर्माण व्यवसायमा बढ्दो प्रयोगका कारण पनि यसले राम्रो बजार लिइरहेको लेखीको अनुभव छ । 

सप्तरीमा नाङ्गलो, मुढा, ढकीलगायतका बाँसका सामग्री बनाउन बाँसको खपत हुने भएपछि स्थानीयबासिन्दा व्यवसायिक बाँस खेतीतर्फ आकर्षित भएका छन् ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया