नुवाकोट दुर्घटना अपडेट : १८ जनाको मृत्यु, तीनजनाको पहिचान खुल्यो

 मंसिर २९, २०७५ शनिबार ६:३१:३२ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोटकाे घ्याङफेदीमा शुक्रबार दुर्घटना भएकाे मिनिट्रक । तस्बिर : योविन्द्रसिंह तामाङ

नुवाकोट – घ्याङफेदीमा शुक्रबार मिनिट्रक दुर्घटना हुँदा ज्यान गुमाउको संख्या १८ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीको सिम्टाङबाट वडा नं. १ घ्याङफेदीको सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुप्चेश्वर–१ घ्याङडाडामा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

कच्ची र भिरालो सडकमा पछाडि फर्कने क्रममा मिनिट्रक भीरबाट खसेको थियो । सडकदेखि करिब ५ सय मिटर तल तादीखोलामा मिनिट्रक खसेको प्रहरीले जनाएको छ । शिखरवेसीको सिम्टाङमा मृत्यु भएको आफन्तको घेवामा सहभागी भएकाहरुलाई लिएर जाँदै गरेको मिनिट्रक दुर्घटनामा परेको हो ।

मृतकमध्ये ३ जनाको मात्र सनाखत भएको छ । मुत्यु हुनेमा शिखरवेसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदीका ३६ वर्षीय रिबल तामाङ र ३७ वर्षीय आइत तामाङको नाम खुलेको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

घाइतेहरुको उद्धार गरी अस्पताल लगिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । शुक्रबार दिउँसो साढे चार बजे दुर्घटना भएको भए पनि उद्धारमा कठिनाई भएकोले घाइतेहरुलाई अस्पताल पठाउन ढिलाई भएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनास्थल अन्त्यन्त अफ्ठ्यारो भीरमा भएको र हराइरहेकाहरुको खोजी कार्य जारी रहेको  प्रहरीले जनाएको छ  । मिनिट्रकका ४५ जनाभन्दा बढी सवार रहेको बताइएको छ ।     


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया