लागुऔषधसहित एक व्यक्ति पक्राउ

 पुस १, २०७५ आइतबार १९:३०:३१ | अमर सुनार

 दैलेख – प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न एकजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय लक्ष्मण थापा रहेको र उनलाई नेपालगञ्जबाट आएको यात्रुबसमा सामान लिन लाग्दा नारायण नगरपालिका–८ तर्ताङ्गबाट प्रहरीले पक्राउ गरेको हो । 

थापा ओपिडोल लगायतका लागूऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

प्रारम्भिक अनुसन्धानमा कसूर स्वीकार गरेका आरोपित थापाबारे अनुसन्धान सुरु भएको बताइएको छ । ‘कुटे’ नामले चिनिने आरोपित थापा दैलेख सदरमुकाममा लागूऔषध भित्र्याउने कुख्यात व्यक्ति भएको खुल्न आएको छ । 

यायातातको सहजता र सहरी विकाससँगै दैलेख सदरमुकामका युवाहरुमा लागू औषध दुव्र्यसन बढ्दै गइरहेको र यो समस्या समाधान गर्न  प्रहरी लागिरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया