नगरपालिकाको वडामै छैन माध्यामिक तहको विद्यालय !

 पुस २, २०७५ सोमबार १५:३१:४५ | माधवकुमार ओली
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रोल्पा – नगरपालिका भनेपछि सामान्यतया आधारभूत पूर्वाधारको सुविधा हुनु पर्ने हो । भौतिक संरचना पनि हुनुपर्ने हो । तर रोल्पाको एक नगरपालिकाको पुरै वडामा माध्यामिक तहको विद्यालय समेत छैन ।

यहाँका विद्यार्थीहरु माध्यामिक तहको अध्ययनका लागि नगरपालिकाबाट अर्कै गाउँपालिकामा जान बाध्य छन् । रोल्पा नगरपालिकाको ५ नम्बर वडामा एउटा पनि माध्यामिक विद्यालय नहुँदा यहाँका बालबालिकाहरु माध्यामिक तहको अध्ययनका लागि घण्टौं हिँडेर अन्य गाउँपालिकामा रहेको विद्यालयमा जानुपर्ने बाध्यता रहेको छ ।

५ नम्बर वडाको लाल्टिबाङ, कोछाप, बाजाबाङ र जेदबाङका बालबालिकाहरु अध्ययनका लागि दैनिक ३ घण्टा हिँडेर सुनिल स्मृति गाउँपालिका–२, हरिगाउँमा रहेको माध्यामिक विद्यालयमा जाने गरेका छन् । साबिकको जेदबाङ गाविसमा रहेको यो वडामा विद्यालय नै नभएको भने होइन् ।

उक्त वडामा ६ वटा प्राथमिक र २ वटा आधारभूत तहका विद्यालय छन् । माध्यामिक विद्यालय नजिक नहुँदा यहाँका कतिपय बाललिबाहरुले आधारभूत तहको मात्र अध्ययन गरी इँटाभट्टामा काम गर्ने तथा बैदेशिक रोजगारीमा जाने गरेको ज्योति प्रकाश आधारभूत विद्यालय कोछापका प्रधानाध्यापक बलभद्र महराले बताउनुभयो । ‘बीचमा माडी खोला छ’, महराले भन्नुभयो, ‘वर्षायाममा त बालबालिकालाई खोलाको डरले विद्यालय पठाउँनै मन लाग्दैन ।’

एउटा विद्यालयमा कक्षा ९ सञ्चालनको प्रयास भइरहेको भए पनि चन्दा उठाएर शिक्षक पाल्न कठिन भएको स्थानीयको गुनासो छ । यो वडामा सडक, बिजुली, खानेपानीको पनि सहज पहँुच नहुँदा नगरपालिकाले ती पूर्वाधार विकासमा प्राथमिकता दिइरहेको नगर प्रमुख पूर्ण केसीको भनाई छ ।

‘विकासका कामहरु विस्तारै भइरहेको छ’, केसीले भन्नुभयो, ‘पहिले यो वडामा सडक थिएन, अहिले सडक पुगेको छ ।’ विद्युत पनि विस्तार भइरहेकोले सबै क्षेत्रको विकास एकैचाटी गर्न नसकिने उहाँले बताउनुभयो । 

पहाडी जिल्ला भएकाले भौगोलिक हिसाबले पनि टाढा–टाढा छरिएर रहेका गाउँबाट घण्टौं हिँडेर विद्यालय जानुपर्ने यहाँका बालबालिकाहरुको दैनिकी नै रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया