फेदाप गाउँपालिकाको केन्द्रमा खानेपानीको चरम अभाव

 पुस २३, २०७५ सोमबार १८:४८:९ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा खानेपानीको चरम समस्या रहेको छ ।

बजार र आसपासका बस्तीहरुमा समेत पिउने पानीकै हाहाकार भएको छ । पानी अभावका कारण स्थानीयवासी तथा होटल व्यवसायीहरुले ट्याक्टरबाट ढुवानी गरी उपभोग गर्न बाध्य भएका छन् ।

पोक्लाबाङ बजार आसपासका बस्तीसमेत गरी दुई सय बढी घरधुरीमा खानेपानीको चरम समस्या रहेको छ । बजार र यहाँका गाउँका बासिन्दाले थाक्पाखोला मुहानबाट ल्याइएको खानेपानी योजनाबाट पानी उपभोग गर्दै आएका थिए ।

तर बर्सेनि मुहान सुक्दै गएपछि अहिले हरेक वर्ष जसो हिउँद याम सुरु हुनासाथ खानेपानीको समस्या हुने गरेको छ । पानी अभावले समस्या हुन थालेको र ट्याक्टरमार्फत ढुवानी गरी व्यवसाय चलाउनु परेको अण्डरग्राउण्ड होटल एण्ड लजका प्रोपाइटर चिरञ्जीवी खनालले बताउनुभयो ।

व्यवसायीले जलजलेको मुलपानीबाट ट्याक्टरमार्फत पानी ढुवानी गर्ने गरेका छन् । केही स्थानीयले पिठ्युँमा पानी बोकेर समेत दैनिकी गुजार्दै आएका छन् । कतिपयले मोटर साइकलमा समेत पानी ढुवानी गरेर उपभोग गर्न बाध्य रहेका छन् ।

गाउँपालिकाको केन्द्रमा जनसंख्याको चाप बढ्दै गर्दा खानेपानीको चरम समस्या हुन थालेको हो । यता गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले भने डिप बोरिङ गरेर तत्कालका लागि खानेपानी समस्या सुल्झाउने तयारी रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया