भ्रष्टहरुको कुनै रंग र पार्टी हुँदैन: कांग्रेस नेता भण्डारी

 पुस २४, २०७५ मंगलबार १९:२१:३२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्रीले भष्ट्राचारीहरुलाई संरक्षण गरेर खोक्रो राष्ट्रवादको रटान गरेको आरोप लगाउनुभएको छ । 

उहाँले सरकारले भ्रष्टाचारको अन्त्य गर्ने हो भने वाइडबडी प्रकरणमा जोडिएका भ्रष्टाचारीहरुलाई थुनेर कारबाही गर्न प्रधानमन्त्रीलाई चुनौती दिनुभएको छ । 

गुल्मीको छत्रकोट गाउँपालिका–१, अन्तर्गत हुँगामा रहेको झेर्दी निम्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको मंगलबार उद्घाटन गर्दै नेता भण्डारीले यस्तो अभिव्यक्ति दिनुभएको होे । 

उहाँले आफ्नो संस्कृति र समाज छोडेर होली वाइनतिर, जनताको हित छोडेर प्लेनको कमिसनतिर यो मुलुक जान थाल्यो भने देश पुनः अराजकता तिर जानसक्ने खतरा बढेको बताउनुभयो ।

प्लेन किन्दा कमिसन खानेहरुले पानीजहाज किन्दा, रेल किन्दा र औषधि किन्दा कति कमिसन खालान् भन्दै नेता भण्डारीले व्यंग्यसमेत गर्नुभएको थियो । 

उहाँले भ्रष्टरुको कुनै रंग र पार्टी हुँदैन भन्दै यस्ता व्यक्तिहरु जो कोही भए पनि बचाउ नगर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रमा नेता भण्डारीले कुनै पनि नेतृत्वले विद्यालयहरुमा राजनीति गरी दाई लगाउन नपाइने भन्दै कुनै पनि अयोग्य शिक्षकलाई राजनीतिक रुपमा भर्ना गरिएको र अनावश्यक सुविधा प्रदान गरेको छ भने त्यस्ता व्यक्तिलाई कानुनी कठघरामा उभ्याउने चेतावनीसमेत दिनु भएको थियो । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया