कोष्टारिका र सर्विया: मध्यान्तरसम्म गोलरहित बराबरी

 असार ३, २०७५ आइतबार १८:४०:५० | उज्यालो सहकर्मी

विश्वकप फुटबल अन्तर्गत जारी समूह सी को कोष्टारिका र सर्वियाबीचको खेल मध्यान्तरसम्म गोलरहित बराबरीमा टुंगिएको छ ।

मध्यान्तरसम्म कोष्टारिकाले एउटा पहेंलो कार्ड पाएको छ भने सर्वियाले कुनै पनि कार्ड पाएको छैन । कोष्टारिकाका फ्रान्सिस्को क्याल्भोले २२ औं मिनेटमा पहेंलो कार्ड पाएका हुन् ।

कोष्टारिकाले ११ ओटा फाउल खेलेको छ भने सर्वियाको फाउल संख्या ५ मात्र छ । बल नियन्त्रणका हिसाबले पनि सर्विया नै हावी छ । उसको नियन्त्रण ६२ प्रतिशत छ भने कोष्टारिकाकाे ३८ प्रतिशत मात्र छ ।

मध्यान्तरसम्म  कोष्टारिकाले ३ र  सर्वियाले २ अाेटा कर्नर किक पाएका छन् तर दुवैले कर्नर किकलाई गोलमा परिणत गर्न भने सकेनन् । 

सर्वियाले दुर्इपटक अफसाइड गरेको छ भने कोष्टारिकाले एकपटक पनि अफसाइड खेलेको छैन । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया