डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले हरायो, विश्वकपको पहिलो खेलमा ३६ वर्षपछि पहिलो हार

 असार ३, २०७५ आइतबार २२:५७:४६ | एजेन्सी

विश्वकप फुटबल २०१८ को दाबेदार मानिएको जर्मनी मेक्सिकोसँग एक—शून्यले पराजित भएको छ । 

समूह एफ अन्तरगतको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले स्तब्ध पारेको छ । मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरे ।  विश्वकपमा प्रतियोगितामा मेक्सिकोले जर्मनीलाई पहिलो पटक हराउँदै इतिहास रचेको छ ।

जर्मनी सन् १९८२ यता विश्वकपको पहिलो खेलमा पहिलो पल्ट हारेको छ  । जर्मनीले थुप्रै पटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

समूह एफमा दक्षिण कोरिया र स्वीडेनका साथै मेक्सिको र जर्मनी रहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया