४० वर्षपछि ब्राजिल पहिलो खेलमा बराबरीमा रोकियो

 असार ४, २०७५ सोमबार ६:२२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको दाबेदार मानिएको ब्राजिल रसिया विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ ।

प्रत्यक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको हो । आइतबार मध्यराति रसियाको रोस्तोभ एरिनामा  भएको खेलमा ब्राजिलले स्वीजरल्याण्डसँग एक–एक गोलको बराबरी खेलेको छ । हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल सन् १९७८ पछि पहिलोपटक विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्न असफल भएको हो ।

पाँच पटकको च्याम्पियन ब्राजिलले खेलको पहिलो हाफमा नै अग्रता लिएको थियो । खेलको २० औं मिनेटमै फिलिप कोटिन्होको गोलमा ब्राजिलले अग्रता लिए पनि ५० औं मिनेटमा स्वीट्जरल्याण्डका स्टेभेन जुबेरले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलमा ब्राजिलले तीन अंक जित्ने प्रयास गरे पनि उसको लक्ष्यमा स्वीट्जरल्याण्डका गोलकिपर र डिफेन्डर बाधक बने ।

खेलमा ५५ प्रतिशत बल पोसेसन जमाएको ब्राजिलले कुल २१ सट प्रहार गरेको थियो । जसमा पाँचवटा सट टार्गेटमा थियो । तर कुनै पनि सफल हुन नसकेपछि अंक बाँढ्न बाध्य भएको हो । सन् २०१४ को विश्वकप फुटबलमा ब्राजिल घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो । 

तीन पटक क्वाटरफाइनलसम्म पुगेको स्वीट्जरल्याण्डले ११ औँ पटक विश्वकप  खेलेको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • adhuro sandesh mugmen rai

    June 18, 2018, 8:59 a.m.

    New samachar

  •  0 Reply
  • adhuro sandesh mugmen rai

    June 18, 2018, 8:59 a.m.

    New samachar

  •  0 Reply
  • Kumar adhikari

    June 18, 2018, 8:26 a.m.

    Very very good for Brazil

  •  0 Reply

तपाईको प्रतिक्रिया