मेक्सिकोले रुसमा जर्मनीलाई हरायो, भूकम्पै गयो

 असार ४, २०७५ सोमबार १९:२८:१४ | एजेन्सी

डिफेन्डिङ च्याम्पियन जर्मनीलाई एक–शून्यले हराएपछि मेक्सिकन नागरिकमा खुशीको सीमा थिएन । मेक्सिकोले विश्वकप इतिहासमा पहिलो पटक जर्मनीलाई हराएको थियो । साथै जर्मनी पनि ३६ वर्षमा पहिलो पटक विश्वकपको पहिलो खेल हार्न पुग्यो । 

 

खेल रुसमा भएको थियो तर भूकम्प मेक्सिकोमा गयो । इन्ष्टिच्यूट अफ् जियोलोजिकल एण्ड एट्मोसफेरिक इन्भेष्टिगेशनका अनुसार आइतबार मेक्सिकोको राजधानी मेक्सिको सिटीका दुई ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो । मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरेको ७ सेकेण्डपछि भूकम्पको धक्का महसुस भएको इन्ष्टिच्यूटले जनाएको छ । यसलाई उनीहरुले ‘आर्टिफिसियल क्वेक’ अर्थात कृत्रिम भूकम्पको संज्ञा दिएका छन् । प्रशंसकहरु जितको खुशीयाली उफ्रिँदा कृत्रिम भूकम्प गएको बताइएको छ । 

 

मेक्सिको सिटीका विभिन्न ठाउँमा ठूला–ठूला प्रोजेक्टरमा खेल देखाइएको थियो । प्रशंसकहरु हातमा मेक्सिकोको झण्डा लिएर, मेक्सिकोको परम्परागत ‘सोम्ब्रेरो’ ह्याट लगाएर खेल हेर्न आएका थिए । 

जब मस्कोमा भएको खेलमा मेक्सिकोले जर्मनीलाई १–० ले हरायो, उनीहरुलेदेशको अनौपचारिक फुटबल एन्थेम ‘सिलितो लिन्दो’ अर्थात ‘सुन्दर सानो आकाश’ गाउन थाले । 

मेक्सिकोले जर्मनीमाथि जित हात पारेपछि मेक्सिकोको राष्ट्रपति उम्मेदवार आन्द्रेस म्यानुएल लोपेजले भनेका छन्, ‘आज जसरी जित्यो, मेक्सिकोले यसरी नै जित्दै जान्छ ।’ प्रशंसकले मेक्सिकन गोलरक्षक गुइलेर्मो ओचोआको प्रशंसा गरेका छन् । कतिपयले त उनलाई मेक्सिकोको राष्ट्रपतिको उपनामसमेत दिएका छन् । मेक्सिकोले आउँदो शनिबार दक्षिण कोरियासँग खेल्नेछ । 

समूह एफमा मेक्सिको, जर्मनी, दक्षिण कोरिया तथा स्विडेन रहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया