१२ वर्षपछि इंग्ल्याण्डको विजयी शुरुवात, केन बने नायक

 असार ५, २०७५ मंगलबार ६:४६:४५ | उज्यालो सहकर्मी

विश्वकप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले ट्युनिसियालाई २–१ ले हरायो ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको इंग्ल्याण्डका लागि ह्यारी केनले उद्धार गरे ।

कप्तान ह्यारी केनले दुई गोल गर्दै इंग्ल्याण्डलाई ट्युनिसियाविरुद्ध जित निकालेका हुन्  । ११औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए ।

३५औं मिनेटमा ट्युनिसियाले पेनाल्टी पायो । पेनाल्टीलाई फेरजानी सास्सीले गोलमा परिणत गरे । पहिलो हाफ १-१ को बराबरीमा रह्यो ।

दोस्रो हाफको निर्धारित समयसम्म कुनै टिमले गोल गर्न नसक्दा खेल बराबरीमै समाप्त हुने देखिएको थियो ।

तर दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा इंग्ल्याण्डले कर्नर पायो । कियरन ट्रिप्पियरले हानेको कर्नर किकलाई ह्यारी मगायरले हेड गरे । त्यसै हेडबललाई कप्तान ह्यारी केनले ह्डरमार्फत नै जाली चुमाइदिए पछि इंग्ल्याण्डले २ १ को जित निकाल्दै महत्वपूर्ण ३ अंक हात पार्यो ।

इंग्ल्याण्डले १२ वर्षपछि महत्वपूर्ण फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इग्ल्याण्डले पाराग्वेलाई  हराएको थियो । गएरातिका २ खेलपछि समूह जीमा बेल्यिम र इंग्ल्याण्डले तीन तीन अंक जोडेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया