बन्यो जञ्जिरबिनाको साइकल: जञ्जिर फुस्किने समस्याबाट छुटकारा पाइने

 माघ ८, २०७५ मंगलबार १७:१८:३५ | एजेन्सी
unn.prixa.net

जञ्जिर नहुँदा पनि साइकल चल्छ र भन्ने कतिपयलाई लाग्छ होला । तर साइक्लिङलाई थप सुविधाजनक बनाउनको लागि यस्तो साइकल बनाइएको छ जसमा जञ्जिरको प्रयोग भएकाे छैन ।

‘लेटेस्ट लिवर ड्राव सिस्टम’ मा आधारित भएर निर्माण गरिएको यो साइकलमा जञ्जिर हुनेछैन, थोरै बल लगाउँदा पनि चल्नेछ । 

अमेरिकाकाे लस एञ्जेल्सका एकजना आविस्कारक रोजर पार्करले यो साइकल बनाएका गरेका हुन् । उनले यसको नाम ‘नुबाइक’ राखेका छन् । उनले भनेका छन्, ‘साइक्लिङ गर्दा जञ्जिर निस्केर चालकलाई समस्या हुने गर्छ । त्यही भएर यस्तो मोडलको साइकल निर्माण गरिएको हो, जसमा जञ्जिर नै छैन ।’

जञ्जिर र बेल्ट ड्राइभको तुलनामा राम्रो प्रविधि

अहिलेसम्म सबै साइकल जञ्जिर र बेल्टले चल्दै आएका थिए । तर पार्करले नयाँ तरिका अपनाएका छन् । उनले ‘लिवर ड्राव सिस्टम’को प्रयोग गरेर जञ्जिरबिना नै साइकल निर्माण गरेका हुन् । उनले ‘लिवर ड्राव सिस्टम’ चेन र बेल्टभन्दा धेरै राम्रो भएको बताएका छन् ।

उनका अनुसार यस प्रविधिबाट कम बल लगाउँदा पनि बढी उर्जा पैदा गर्न सकिनेछ । जसले गर्दा कम बलमा नै साइकल एकदमै छिटो कुद्नेछ । यसको प्रयोगले घुँडा, पिँडाैला र कुर्कुच्चामा पनि धेरै दबाब र थकान पनि कम हुने उनले बताएका छन् ।

यसरी काम गर्नेछ साइकलले 

‘नुबाइक’लाई कार्बन फाइबरको फ्रेममा बनाइएको छ । यसमा पाइडललाई रियर हबसँगै जोडेर लगाइएको छ । पाइडल चलाउनको लागि चालकलाई अब खुट्टा घुमाउनुपर्ने छैन । पाइडललाई तल र माथि धकेलेर चलाउँदा साइकल मज्जाले कुद्नेछ ।

मल्टिपल गियरको सुविधा

नुबाइकमा मल्टिपल गेयरको सुविधा पनि रहेको छ । यसको पहिलो मोडेलमा ४ गियर लगाइएका छन् । जसले गर्दा जुनसुकै परिस्थितिमा पनि साइकल चलाउनमा सहयोग मिल्नेछ । यो साइकलको थप विशेषता भनेको आवश्यक परेको बेला यसलाई फोल्ड गरेर पनि राख्न मिल्छ । 

तौलमा हल्का तर मूल्य बढी

अहिलेसम्म त याे साइकलको एउटा मात्र मोडेलको निर्माण गरिएको छ, जसको तौल १० किलोग्राम छ । तर अब आउने नयाँ मोडेलमा भने ८ किलोसम्म तौल रहने निर्माण पक्षले बताएको छ ।

यसको मूल्य ३ हजार ८ सय डलर पर्ने अनुमान गरिएको छ । यसलाई कहिलेसम्म बजारमा ल्याउनेबारेमा भने केही बताइएको छैन ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया