दुर्गम क्षेत्रमा प्रविधि पुर्‍याउने सरकारी योजनामा सहकार्य गर्न व्यसायीलाई मन्त्री बाँस्काेटाकाे आग्रह

 माघ १५, २०७५ मंगलबार १८:०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कम्प्युटर एसोसियसन नेपाल क्यान महासघकाे आयाेजनामा काठमाण्डाैकाे भृकुटी मण्डपमा क्यान इन्फोटेक २०१९ सुरु भएको छ । 

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसियसन नेपाल क्यान महासघले गरेको क्यान इन्फोटेक २०१९ को मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गर्नुभएको हो ।

मेलाको उद्घाटन गर्दे मन्त्री बाँस्कोटाले डिजिटल नेपाल निर्माण गर्ने सरकारको योजनामा सबैलाई सहभागी हुन आह्वान गर्नुभयो । प्रविधिमा गरिने लगानीको सुश्चितता सरकारले गर्ने भन्दै उहाँले विगतमा भएका गल्ती सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

व्यापारीले आफूलाई फाइदा हुने काम र क्षेत्र मात्रै रोज्न सक्ने तर सरकारले त्यसो गर्न नसक्ने भन्दै उहाँले दुर्गम क्षेत्रमा प्रविधि पुर्याउने सरकारी योजनामा सहकार्य गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले विशेष आर्थिक क्षेत्रहरुमा आईटी क्षेत्रलाई पनि छुट्टै स्थान श्रृजना गर्ने गरी व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिसकिएको जानकारी दिनुभयो ।

सूचना प्रविधिसँग सम्बद्ध १ सय ७५ स्टल रहेकाे क्यान इन्फोटेक २०१९ मेला आउँदाे २० गतेसम्म चल्ने छ ।

 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया