डोटीमा मृत अवस्थामा भेटिएकाे चितुवा गोली लागेर मरेको पुष्टि

 माघ १९, २०७५ शनिबार १७:२३:३३ | विमल बिष्ट
unn.prixa.net

डोटी – मृत अवस्थामा फोला परेको चितुवा गोली लागेर मरेको पुष्टि भएको छ ।  

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडानं. ८ लडागडाको टिमुरदह गाउँ नजिकै ब्रमण्डी सामुदायिक वनमा उक्त चितुवा शनिवार मृत अवस्थामा फोला परेको थियो । मृत अवस्थामा भेटिएको चितुवा डिभिजन वन कार्यालय डोटीमा ल्याएर पशु चिकित्सकको टोलीले पोष्टमार्टम गर्दा गोली लागेको पुष्टि भएको डिभिजन वन अधिकृत रामविचारी ठाकुरले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘चितुवाको पोष्टमार्टम गर्‍याैँ, शरीरमा गोली लागेर वारपार भएकोले गोली भेटाउन सकेनौँ ।’

 यसै महिनामात्रै गोली लागेका कारण दुई वटा चितुवा मरिसकेका छन् । अवैध रुपमा चोरी सिकार गर्नेहरुले नै चितुवा मारेको हुनसक्ने डिभिजन वन कार्यालय डोटीका रेन्जर सुरेश रोकायाले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘चोरी सिकार गर्नेहरु सक्रिय भएका कारण चितुवा मार्न थालेको हामीले ठहर गरेका छौँ, यसको रोकथामका लागि हामी सक्रिय हुनेछौँ ।’ 

चितुवा अन्दाजी ३ वर्षको रहेको र पोष्टमार्टमपछि आवश्यक प्रक्रिया गरी डिभिजन वन कार्यालयको परिसरभित्रै गाडिएको डिभिजन वन अधिकृत ठाकुरले  जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया