खेतबारी सेताम्मे हुने गरी पर्‍याे असिना, हिउँदे बालीमा ठूलो क्षति

 माघ २५, २०७५ शुक्रबार २०:२९:३५ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम जिल्लामा आएकाे असिनापानीका कारण बालीनालीमा क्षति पुगेको छ ।

बिहीबार राति र शुक्रबार गरेर आएकाे असिनापानीले हिउँदे बालीमा ठूलो क्षति पुर्‍याएकाे हाे । असिनापानीका कारण हिउँदे बाली गहुँ, जौ, मसुुरो, तोरी, तरकारी बाली र फलफूलका विरुवामा नराम्ररी क्षति पुगेको छ ।

पानी पर्दा बालीनाली सप्रिने भन्दै खुसी लागेको भए पनि असिनाले हिउँदे बालीमा क्षति पुर्‍याउँदा मर्का परेकाे मंगलसैन-६ का किसान नन्दाराम भण्डारीले बताउनु भयो । ‘असिनाले बारीमा लगाएकाे प्याज, काउली, लसुन, धनियाँ, पालुंगो, आलु बाली तथा फलफुल खेती र तोरी बालीमा क्षति पुर्‍यायाे,’ उहाँले भन्नुभयाे, ‘लगाएकाे खेती जम्मै क्षति पुर्‍याएपछि अब के खाने भन्ने समस्या हुने भयाे ।’

वर्षे बाली जंगली जनावरले क्षति गर्ने र हिउँदे बाली असिनाले नष्ट गरेपछि किसान भोकमरीको चिन्तामा परेकाे मंगलसैन नगरपालिका वडा नम्बर-६ का अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।

असिनापानीले क्षति पुगेका कृषकलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने पनि उहाँले बताउनुभयाे । राहतका लागि शुक्रबार नै वडा कमिटी काे बैठक बसेर नगरपालिका, प्रदेश सरकार र संघीय सरकार तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउने निर्णय गरेको पनि अध्यक्ष भण्डारीले बताउनुभयाे । 

त्यस्तै अछामकाे मेल्लेख गाउपालिका वडा नम्बर-६ शोडषामा हावाहुरीले ७ वटा घरमा क्षति पुरयाएको छ । स्थानीय नृप विक, लाल विक, ध्वज बहादुर खडका, शोभादेवी कडायत लगायतकाे घरमा क्षति पुर्‍याएको छ भने नवज्योति आधारभूत विद्यालयको समेत पर्खाल भत्काएको स्थानीय तेज बहादुर विकले जानकारी दिनुभयो ।

अछाम जिल्लाकाे अधिकांश ठाउँमा असिना परेको छ । असिनाका कारण खेतबारी सेताम्मे देखिएको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया