नगरबसमा निःशुल्क यात्रा

 माघ २९, २०७५ मंगलबार १४:३२:६ | विमल बिष्ट
unn.prixa.net

डोटी – शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा अपांगता भएका व्यक्ति, असहाय र जेष्ठ नागरीक र पत्रकारले निशुल्क यात्रा गर्न पाउने भएका छन् ।

नगरपालिकाको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नगरबसमा निशुल्क यात्रा गर्न पाउने निर्णय गरेका छौँ, त्यसका लागि सबैले आफूले पाएको परिचय पत्र देखाउनु पर्नेछ ।’

नगरपालिकाका नागरिकको सहुलियतका लागि बस सञ्चालन गरेकाले नगरपालिका भित्र यो सुविधा दिने निर्णय गरेको शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले नाफा कमाउन बस सञ्चालन गरेका हैनौँ, सुविधा दिन सेवा दिएकाले सबैले सेवा पाउन् भन्ने हाम्रो उद्देश्य हो ।’

पत्रकारलाई समाचार संकलनका क्रममा सजिलो होस् भन्ने उद्देश्यले नगर बसमा निःशुल्क यात्राको व्यवस्था गरिएको पनि प्रमुख जोशीले जानकारी दिनुभयो । नगरपालिकाले गरेको यो निर्णयलाई त्यहाँका स्थानीयले स्वागत योग्य भएको बताएका छन् ।

नगरपालिकाले केही महिना अघि मात्रै २ वटा नगरबस सञ्चालनमा ल्याएको छ । अन्य गाडी भन्दा नगरबसले ३० प्रतिशत कम भाडा लिँदै आएको छ ।


 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया