नेपालको पहिलो सुपर कम्प्युटर सञ्चालन गर्न सकिने अवस्थामा

 माघ २९, २०७५ मंगलबार १७:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ विश्वविद्यालय उपहारस्वरूप पाएको ‘सुपर कम्प्युटर’ सञ्चालन गर्न सकिने भएको छ । 

स्विट्जरल्यान्डको युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स (सेरेन)ले काठमाण्डौ विश्वविद्यालयलाई यो सुपर कम्प्युटर उपहारस्वरूप प्रदान गरेको हो । बनेपास्थित आईटी पार्कमा राखिएको यो कम्प्युटरको व्यवस्थापन काठमाण्डौ विश्व विद्यालयले गरिरहेको छ । 

झण्डै आठ टेराबाइटको र्‍याम, प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट स्टोरेज क्षमता भएको सुपर कम्युटर नेटवर्क र यसका लागि डाटा आदानप्रदान गर्न उच्च प्रविधिका स्विचहरुसहित आवश्यक डिभाइस सेरेनले नै उपलब्ध गराएको छ । 

सामान्य कम्प्युटरभन्दा कैयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्ने क्षमता सुपर कम्प्युटरमा हुन्छ । आईटी पार्कमा सुपर कम्प्युटरको व्यवस्थापन गर्दै आउनु भएका काठमाण्डौ विश्व विद्यालयका उप–प्राध्यापक मनोज शाक्यले एकै पटकमा धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिन सक्ने क्षमता भएको सुपर कम्प्युटर मौसमको बारेमा तत्काल जानकारी लिन दिन, भूकम्पीय जोखिमबारे विश्लेषण गरी पूर्व जानकारी दिन साथै तथ्याङकीय विश्लेषणमा प्रयोग गर्न सकिने बताउनुभयो ।

यस कम्प्युटरमा सरकारी डाटाहरु सुरक्षित गर्न पनि सकिने उप–प्राध्यापक शाक्यले बताउनुभयो । यस कम्प्युटरमा कम्प्युटर प्रविधि अध्ययन गरिरहेका विद्यार्थीले प्रयोगात्मक अध्ययनको लागि समेत उपयोग गर्न सक्ने उप–प्राध्यापक शाक्यले बताउनुभयो ।

झण्डै दुई हजार वटा सामान्य कम्प्युटरले गर्ने काम यो एउटा कम्प्युटरले गर्दछ । यो कम्प्युटरको सहायताले भूकम्प प्रतिरुपण, जलवायु परिवर्तन, प्रदूषण निवारणमा वातावरणसम्बन्धी तथ्यांकहरूको विश्लेषणसमेत गर्न सकिने बताइएको छ ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया