फोनको रेडियसनले स्वास्थ्यमा कत्तिकाे असर पार्छ ? कुन फाेनमा रेडियसन बढी वा कम हाेला?

 फागुन ८, २०७५ बुधबार १५:१३:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - हामीले बोक्ने मोबाइल फोनका गुणबारे धेरैलाई जानकारी छ । तर, यसबाट निस्किने रेडियसनले कति नोक्सान गर्छ ? के मोबाइल फोनको रेडियसनले ट्युमर हुने खतरा हुन्छ ? यसबाट कसरी बच्ने ? आदि विषयमा धेरै वैज्ञानिक लामो समयदेखि अनुसन्धानमा छन् ।

तर, अहिलेसम्म यस अनुसन्धानको तथ्यपरक निर्क्याेल भने निस्किन सकेको छैन । तर, रेडियो फ्रिक्वेन्सी वेभ ‘नन आयाेनाइजेसन’ रेडिएसन हो, जो एक्स–रे र ‘अल्ट्राभायरल’ रेडियसनको तुलनामा कम तेजिलो हुने गर्छ । एक्सरे र अल्ट्रावायरल रेडियससनले हाम्रो डीएनएमा भएको केमिकल ब्रान्डलाई टुक्र्याउने क्षमता राख्छ ।

अमेरिकन क्यान्सर सोसाइटीले यसखाले रेडियसनले दिमाग, टाउको र घाँटीको ट्युमर हुन्छ कि हुँदैन भन्ने अनुसन्धान जारी राखेको छ । सोसाइटीका अनुसार मोबाइल फोनबाट निक्लिने रेडियसनमा यति धेरै क्षमता हुँदैन कि जसले हाम्रो डीएनएमा परिवर्तन ल्याउन सकोस् । त्यसैले अहिलेसम्म मोबाइलको रेडियसनले कसरी क्यान्सरजस्ता बिरामी जन्माउन सक्छ भन्ने स्पष्ट छैन ।

कुन फोनमा बढी रेडियसन ?

कुन फोनले कति रेडियसन निकाल्छ भन्ने पत्ता लगाउन स्पेस्फिक एसएआर प्रविधि बनाइएको छ । यसबाट कुनखाले रेडियसनको असर मानव शरीरमा हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ । एसएआर त्यो लेभल हो, जुन हाम्रो मोबाइल सबैभन्दा बढी पावरमा प्रयोग भइरहेको हुन्छ ।

मोबाइल बनाउने कम्पनीले पनि यसबारे आफ्नो देशको नियामक निकायलाई जानकारी दिनुपर्ने हुन्छ । तर, मोबाइल प्रयोगकर्ताले मोबाइल किन्ने समयमा यी सबै विषयमा ध्यान दिएका हुँदैनन् । जर्मन फेडरल अफिस फर डाटा प्रोटेक्सनले एउटा सूची तयार गरेको छ, जसले कतिपय नयाँ र पुराना स्मार्ट फोनबाट निस्किने रेडियसनको जानकारी त्यसमा दिइएको छ ।

बढी रेडियस हुने फाेनहरु

कम रेडियस हुने फाेनहरु


 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया