डाेटीका एनसेल टावरमा प्रहरीको सुरक्षा

 फागुन १२, २०७५ आइतबार १६:३१:२५ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा रहेका एनसेलका टावरहरुमा प्रहरीले सुरक्षा दिन थालेको छ । 

जिल्लाका प्रमुख स्थानमा रहेका एनसेलका टावरमा प्रहरीले चौबिसै घण्टा सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अज्ञात समूहले एनसेलका टावरमा बम विष्फोट तथा आगजनी गर्न थालेपछि हामीले हाम्रो जिल्लामा भएका एनसेलका टावरमा सुरक्षा दिइरहेका छौँ ।’ 

प्रहरीले डोटीको चौखुट्टे, जिल्ला सदरमुकाम सिलगढी, बुडर, जोरायल, बिपिनगर, बोगटान, वाइललगायतका क्षेत्रमा रहेका एनसेलका टावरमा अहिले कडा सुरक्षाको प्रबन्ध छ ।

इलाका प्रहरी कार्यालय बुडरका प्रमुख रुपसिंह थापाले भन्नुभयो, ‘एनसेलका टावरमा क्षति हुन नदिनू भन्ने आदेश आएकाले हामीले चौबिसै घण्टा सुरक्षा दिदै आएका छौ ।’

अज्ञात समूहले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र अछाम जिल्लाको एनसेलको टावरमा आगजनी गरेपछि अहिले ती दुई जिल्लामा एनसेलले काम गर्न छोडेको प्रहरीले जनाएको छ । 

डोटीमा मात्रै साना ठूला गरी एनसेलका करिब १०० भन्दा बढी टावर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया