गलत शिक्षा नीतिका कारण थुप्रै युवाहरु बेरोजगार बने : श्रममन्त्री विष्ट

 फागुन १३, २०७५ सोमबार १८:९:४५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशको शिक्षा नीति नै गलत भएको बताउनु भएको छ ।

शिक्षा नीति परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै उहाँले गलत शिक्षा नीतिका कारण थुप्रै युवाहरु बेरोजगार बन्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो । 

रोजगार संयोजकका लागि मन्त्रालयले ७ सय ५३ जना अधिकृत सरहका कर्मचारी माग गरेकोमा ५ सय जना व्यक्ति मात्र उत्तीर्ण भएको भन्दै उहाँले शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना मात्र बनेको टिप्पणी गर्नु भयो । 

गुल्मीको महेन्द्र आदर्श माध्यमिक विद्यालय वामीटक्सारको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको सोमवार गुल्मीको वामी टक्सारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले यस्तो बताउनुभएको हो ।

मन्त्री बिष्टले सरकारले अबको तीन महिनाभित्रमा घोषणा पत्रमा उल्लेख गरिए अनुसार वृद्धभत्ता बढाउन लागेको समेत जानकारी दिनुयभो । सार्वजनिक पदमा बसेको मान्छेले आफ्नो र परिवारको स्वार्थ भन्दा देश र नागरिकको हितमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह पनि गर्नु यो ।  

‘सीपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारा सहित इन्जिनियरिङसहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्य सहित संचालन गरिएको महायज्ञमा हाल सम्म ३ करोड २६ लाख १९ हजार भन्दाबढी रकम दिने भनेर दाताहरुले बोलकबोल गरेका छन् । 

गुल्मी जिल्लाकै शैक्षिक केन्द्रको रुपमा परिचित वामीटक्सारमा प्राविधिक शिक्षासहितको कक्षा सञ्चालनमा आउने भएसँगै दाताहरु पनि उत्साहित देखिएका छन् ।

महायज्ञमा ५ करोड रकम संकलन गर्ने लक्ष्य राखिएको मूल समारोह समितिका संयोजक प्रकाश काफ्लेले बताउनु भएको छ ।  
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया