राजनैतिक खिचातानीले पश्चिम सेती बनेन : डाक्टर भट्टराई

 फागुन १३, २०७५ सोमबार १९:११:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले राजनैतिक खिचातानीका कारण पश्चिम सेती परियोजना नबनेको आरोप लगाउनु भएको छ । 

सुदूरपश्चिमको विकासको मेरुदण्डका रुपमा रहेको पश्चिम सेती परियोजना नबन्नु भनेको दुर्भग्यपूर्ण भएको उहाँले बताउनुभयो । 

पार्टीको जनसम्वाद यात्राका क्रममा डोटीको दिपायलमा सोमबार आयोजना गरएिको एक कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले राजनैतिक दलका नेताको नियत खराब भएका कारण पश्चिम सेती बन्न नसकेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा चिनियाँ कम्पनीसँग पश्चिम सेती बनाउने सम्झौता भएको थियो, तर नेताहरुले खिचातानी तथा अड्चन गरेका कारण त्यो काम गर्भमै तुहियो ।’

डाक्टर भट्टराईले दिपायलबाट राजधानी कैलाली सारिनु यहाँका नागरिकलाई ठूलै धोका भएको समेत बताउनु भयो । उहाँले थप भन्नुभयो, ‘टाठाबाठाका कारण दिपायलको राजधानी खोसिएको हो, राजधानी अन्त सारिनुमा मेरो पटक–पटक विरोध थियो तर कसैले पनि मानेनन् ।’ 

एक छुटट्टै प्रसंगमा बोल्दै डाक्टर भट्टराईले वर्तमान सरकार तथा केही नेताहरु सिंहदरबारको महमा भुलेको समेत आरोप लगाउनुभयो । सरकार तथा राजनैतिक दलका नेताहरु नागरिकको मर्काभन्दा पनि आफनो स्वार्थमा बढी हिँडिरहेको उहाँको आरोप थियो ।

दिपायलमा भएको कार्यक्रममा पूर्व भौतिक योजना तथा निर्माण मन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया